• २०८१ माघ ११ शुक्रबार

थिङ र लिम्बू पुरस्कृत

काठमाडौँ/ १६ चैत २०७८

मङ्गलबार पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमर नेम्वाङको स्मृतिमा स्थापित पुरस्कारबाट दुई नारी स्रष्टा बिना थिङ र शारदा लिम्बु पुरस्कृत भएका छन् ।

एक लाख २० हजार राशिको ’स्वर्गीय अमर नेम्वाङ स्मृतिपुरस्कार’ काठमाडौँ बसेर लेखनमा सक्रिय बिना थिङ र दार्जिलिङकी शारदा लिम्बुलाई प्रदान गरिएको हो ।

यसै अवसरमा फाल्गुनन्द गउँपालिकास्थित सिद्वदेवी मावि, कक्षा ९ मा अध्ययनरत मनीषा चेम्जोङलाई १० हजार रुपैयाँको छात्रवृत्ति तथा जिल्लाको फालेलुङ र कुम्मायक गउँपालिकाका अग्निपीडितलाई चार परिवारलाई जनही १० हजार रुपैयाँ प्रदान गरिएको छ । ट्रष्टले फाल्गुनन्द, मिक्लाजुङ र फिदिमका एक सयभन्दा धेरै बाढीपीडितलाई राहत वितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष मुनीन्द्र नेम्बाङले बताए।

अमर नेम्वाङको २०७६ माघ २६ गते फाल्गुनन्द गाउँपालिकामा आयोजित कार्यक्रममा सम्बोधन गर्दागर्दै निधन भएको थियो । निधनपश्चात् नेम्वाङको स्मृतिमा उनको परिवारका सदस्य र फाल्गुनन्द गउँपालिकाले छुट्टाछुट्टै पुरस्कार कोष स्थापना गरेका हुन् ।