समाचार

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलको संस्मरण ‘जीवन्त सम्बन्ध’ पुस्तक लोकार्पण भएको छ। पुस्तक लेखककी आमा राजकुमारी देवी सिंहले लोकर्पण गरेकी हुन्। कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा आइओएमका पूर्व डिन प्रा. डा. जगदीशप्रसाद अग्रवालले लेखकको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पारेका थिए । संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, संघर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, सुखदुःख र पीडालगायतका विषयमाथि यो पुस्तक लेखिएको हो ।
पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम असहाय वृद्धवृद्धाका निम्ति डा. ओम फाउन्डेसनमार्फत् खर्च गरिनेछ । पुस्तक अनलाइन र पुस्तक पसल तथा सुपरस्टोरहरूमा उपलब्ध छ ।