मुक्तक

१.
थाहा छ
गाउँको सुन्दरता
निहार्ने वेला र बखत
रातमा
पूर्णेको जूनमा
माथि
डाँडाको थुम्कीबाट !!!
२.
गाउँमा गएर
गाउँलेसँग सोधेँ
“गाउँमा जङ्गल छैन ?
गाउँलेको मनमा रोष थियो
मनभित्र डढेलो सल्केको थियो
जङ्गलविनाको गाउँ
उसलाई राम्रो लागेन
गाउँलेले जङ्गल रोक्न नसकेर
जङ्गल त सबै सहर पसेर
सहर बढिरहेको थियो !!!
३.
सुनेका छौ
पाहुनाको कस्तरी स्वागत हुन्छ गाउँमा ?
बरपीपल चौतारीले
कस्तरी छेउमा बस्न निम्ताउँछ
देउराली डाँडाले कस्तरी
ढुङ्गा र पाती चढाउन भन्छ
बारीका कान्ला र पँधेरोले
कस्तरी तिम्रो नाता केलाउँछन्
तिमी थाहा पाउन सक्छौ
यदि तिमी
सच्चा गाउँले हौ भने !!
बसन्त श्रेष्ठ, भर्जिनिया, अमेरिका