कविता

काठमाडौँ/चैत ७, २०७८
नेपाली प्रगतिशील कला, साहित्य, गीत- सङ्गीत तथा संस्कृतिका क्षेत्रमा योगदान दिएका पाँचस्रष्टालाई शनिबार सम्मान गरिएको छ । २४ औँ सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा जनसांस्कृतिक महासङ्घ नेपालद्वारा राजधानीमा आयोजित ललितकलाकर्मी जुलुमलाल चित्रकार, साहित्यकार पोषराज पौडेल, चलचित्रकर्मी विमल पौडेल, गायिका प्रगति हिङमाङ र नाट्यकर्मी जेबी रुवालीलाई ‘जनसांस्कृतिक राष्ट्रिय सम्मान-२०७८’ द्वारा सम्मान गरिएको हो ।
नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले सम्मानितहरूलाई जनही दस हजार रुपैयाँ तथा ताम्रपत्रसहित सम्मान प्रदान गरेका हुन् ।