• २०८१ असोज २९ मङ्गलबार

कृष्णहरि बराल र गणेश गुरूङ सम्मानित र पुरस्कृत

काठमाडौँ, चैत्र ५, २०७८

प्रसिद्ध गीतकार कृष्णहरि बराललाई ‘प्रतिभा सम्मान’ र गायक तथा संगीतकार गणेश गु्रुङलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले उक्त सम्मान र पुरस्कार प्रदान गरेको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला र प्रतिष्ठानका अध्यक्ष तथा युद्ध साहित्य स्रष्टा गणेश राईले शनिबार राजधानीमा उक्त सम्मान प्रदान गरेका हुन् । सम्मानको राशि ५० हजार रुपैयाँ र पुरस्कार एक लाख रुपैयाँको रहेको छ ।

प्रतिष्ठानका महासचिव देबेन्द्र खेरेसका अनुसार चौधौं वर्षदेखि यो सम्मान तथा पुरस्कार प्रदान गरिँदै आएको छ । त्रिविका प्राध्यापकसमेत रहेका गीतकार बरालका १ हजारभन्दा बढी गीत रेकर्ड भएका छन् । त्यस्तै पुरस्कृत गुरुङ तीनदशकदेखि संगीतकर्ममा संलग्न छन् ।

त्यस अवसरमा सम्मानित स्रष्टाका बारेमा समालोचक रजनी ढकाल, प्रज्ञा प्रतिष्ठानका प्राज्ञ देवी नेपाल, मदन राई ‘लामाखुले’, प्रतिष्ठानका पूर्वअध्यक्ष दयाकृष्ण राईलगायतले बोलेका थिए ।