समाचार

चोटव्यथा, बिष प्यालापिएर हाँस्ने यी नारी
समस्याका पहाड खियाएर हाँस्ने यी नारी ।
सोंच्नेले जे जे सोचून्, बोल्नेले जे जे बोलून्
टुक्रिएका खुसीहरू सिएर हाँस्ने यी नारी ।
जीवन पाई जगतमा, जननी कहलिन्छन्
आफ्नालाई खुसी सबै दिएर हाँस्ने यी नारी ।
प्रहार होस जतीनै, शब्दका तिखो बाणले
सिङ्गककयुग नै छातीमा लिएर हाँस्ने यी नारी ।
रश्मिला कवाङ ’रश्मि’
[email protected]