समाचार

काठमाडौँ/ २३ फागुन २०७८
कवि एवं गीतकार दुर्गाबहादुर शाह ‘बाबा’ द्वारा रचित कविताहरूको सँगालो ‘दोसाँध’ सोमबार पोखरामा साहित्यकार एवं चलचित्र निर्देशक प्रकाश सायमीले लोकार्पण गरेका छन् ।
लोकार्पण कार्यक्रममा प्रमुख अतिथिको रूपमा मन्तव्य व्यक्त गर्ने सायमीले ‘कुनै पनि साहित्यिक कृति कुनै पनि पाठकका लागि सुन्दर हुन सक्छ, त्यो कृति निश्चित मापदण्डभित्र पर्नै पर्छ भन्ने हुँदैन’ भन्दै ‘हरेक स्रष्टा र कृतिका आ- आफ्नै पाठक हुने भएकाले कृति सर्वप्रिय हुनैपर्छ भन्ने मान्यतासमेत राख्न नहुने’ विचार व्यक्त गरे ।
कार्यक्रमका विशिष्ट अतिथि उच्च अदातल कास्की, पोखराका मुख्य न्यायधीश डिल्लीराज आचार्य, अतिथि विम्बकवि रमेश श्रेष्ठ, प्रा.डा. रामनाथ ओझा र पद्म किरण रानालगायतले शुभकामनासहित आफ्नो मन्तव्य राखेका थिए ।