काठमाडौँ/१८ फागुन २०७८
मोफसलमा रहेर साहित्यिक र शैक्षिक कर्ममा जुट्दै आएका दमक झापाका कवि मेघराज तिम्सिनाको ८० वर्षको उमेरमा पहिलो कविताकृति ‘दिग्भ्रम’ प्रकाशनमा आएको छ । कविताकृतिको नेपाल प्रज्ञा- प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले विमोचन गरेका छन् ।
झन्डै दुई दर्जन कविताहरूको यो सङ्ग्रहको प्रकाशन ओरिएन्टल पब्लिकेसनले गरेको छ ।