समाचार

नेपालीवाङ्मयको लोकप्रिय विधा गजलको उन्नयन र पूर्णताको निमित्त समर्पित संस्था “नेपालगजल प्रतिष्ठान” को स्थापना वर्ष तथा १५७ औँ मोति जयन्तीको शुभअवसरमा “विश्वव्यापी गजल प्रतियोगिता २०७९”आयोजना गरिने भएको छ । यस प्रतियोगितामा संसारभरका गजलप्रेमीहरू सहभागी हुन प्रतिष्ठानले आग्रह गरेको छ ।
प्रतियोगितामा सहभागी हुन चाहनु हुने गजलकारहरूले आफ्नो प्रतियोगी गजलको साथमा आफ्नो पूरा नाम, ठेगाना र सम्पर्क नम्बर समेत उल्लेख गरी २०७९ भाद्र ३ गतेसम्म निम्न लिखित ई-मेल ठेगाना [email protected]मा पठाइसक्नुपर्नेछ बताइएको छ ।प्रतियोगी गजल शुद्ध नेपालीभाषामा (देवनागरी लिपिमा) टाइप गरिएको ५ शेरको हुनुपर्ने र कुनै पनि शेरमा गजलकारको नाम तथातखल्लुस् प्रयोग गर्न नपाइने साथै गजल पठाउँदा गजलको साथमा कुनै पनि भूमिका, आग्रह तथा अनुरोध समावेश नगर्नु सूचित गरिएको छ ।
गजल पूर्णतस् मौलिक, कुनै पनि छापा तथा अन्य कुनै माध्यमबाट प्रकाशित र प्रसारित नभएको, अन्य कुनै पनि प्रतियोगितामा सहभागी नभएको हुनुपर्ने बताइएको छ । प्रतियोगी गजलको कुनै अंशवा पूरा भाग चोरिएको, छापिएको, प्रसारित भएको वा अन्य कुनै पनि प्रतियोगितामा सहभागी भएको पाइएमा यस प्रतियोगिताका लागि अयोग्य मानिने छ भने विजयी रचनामा यसप्रकारको दाबी विरोध भई आएमा त्यसलाई खारेज गरी उत्कृष्टता क्रमको अर्को गजल विजयी मानिने जनाइएको छ।
[email protected] को ठेगानामा प्राप्त भएका गजलहरू मात्रै प्रतियोगी गजल मानिनेछ । एकजना प्रतियोगीले एउटा मात्र गजल पठाउनु हुन अनुरोध गरिएको छ । एउटै गजलकारको एक भन्दा बढी गजल सहभागिताका लागि प्राप्त भएमा पहिलो पटक प्राप्त एउटा गजललाई मात्र प्रतियोगी गजल मानिने जारी विज्ञप्तिमा जनाइएको छ ।
गजल मूल्याङ्कनका आधार विचार, शिल्प, शैली, व्याकरण र भाषाहुने र गजलका आधारभूत सबै मान्यताहरूको पालना गरी रचना गरिएको गजल मात्र प्रतियोगिताको लागि योग्य मानिने बताइएको छ । गजल मूल्याङ्कनका लागि ३ जना गजलमर्मज्ञ निर्णायकहरूको गोप्य निर्णायक समिति समेत रहेको छ । यो प्रतियोगितामा “नेपालगजल प्रतिष्ठान” कार्यसमितिका सदस्यहरूबाहेक विश्वको जुनसुकै देश तथा क्षेत्रमा रहनु भएका इच्छुक नेपाली भाषी गजलकारहरूले प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् । प्रतियोगिताको नतिजा २०७९ भाद्र ११ गते मोति जयन्तीका दिन सार्वजनिक गरिने बताइएको छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट हुने विजेता गजलकारको कृति र गजल सङ्ग्रह प्रकाशन गरिनेछ । उत्कृष्ट १० गजलकारहरूलाई मेडल तथा प्रमाणपत्रद्वारा सम्मान गरिनेछ । विजयी गजलकारले प्रतियोगिता समापन भएको मिति देखि ६ महिना भित्रमा सङ्ग्रहका लागि आवश्यक गजलहरू आयोजक समितिले उपलब्ध गराउने ठेगानामा र प्रतिनिधिलाई पठाइसक्नु पर्नेछ । गजलहरू तोकिएको समय अगावै प्राप्त भएमा सोही अनुरुप सम्पादन तथा प्रकाशन कार्य अगाडि बढाइनेछ ।
पुरस्कार स्वरूप प्रकाशन गरिने सङ्ग्रहमा संग्रहित हुने रचनाहरू पनि गजलका सबै आधारभूत मान्यताहरू पालना गरी लेखिएको हुनुपर्नेछ र प्राप्त गजलहरूमा आवश्यक सम्पादन कार्य सर्जकलाई जानकारी दिई नेपाल गजल प्रतिष्ठानबाट गरिने बताइएको छ ।