सपना देखेँ भन्छु
तर आँखा त खुलै थिए
कसको बन्द आँखाले देखेँ हुँला
मैले यति सुन्दर सपना ?
तिम्रा आँखाले होला सायद !
गुलाफ मुस्कुराउँछ भन्छन्
तर फूलको आँखा र ओठ
देखेको छैन अहिलेसम्म मैले त
गुलाफको छेउमा
तिमी मुस्कुराउँछ्यौ होला सायद !
जूनलाई सारै सुन्दर भन्थे
आँखामा सुन्दरताले चिहाओस् भनेर
झ्याल खोलेँ
जून बादलमा कतै
लुकिसकेछ
तिमीसँग लजाएर होला सायद !
रमण घिमिरे
[email protected]