• २०८१ फागुन २ शुक्रबार

लघुकथासङ्ग्रह सार्वजनिक

काठमाडौँ/ १७ फागुन २०७८

हाम्रो लघुकथा पाठशालाको आयोजनामा सत्या अधिकारीको लघुकथासङ्ग्रह ‘उमङ्ग’ को लाकार्पण गरिएको छ ।

लघुकथा समाज नेपालका केन्द्रीय अध्यक्ष एवं प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदन, निवर्तमान उपाध्यक्ष ध्रुव मधिकर्मी, हाम्रो लघुकथा पाठशालाकी एडमिन लता केसी, डा. शेखरकुमार श्रेष्ठ, विमुन्स पौडेल, लघुकथा सौन्दर्यका श्रीराम राई र कथाकार जीवनसँगी दामोदर अधिकारीले एकैसाथ सार्वजनिक गरेका हुन् ।