• २०८१ असार ११ सोमबार

एक सर्को दुनियाँ

काठमाडौँ, १५ फागुन

गायक विकास पाण्डेको शिवरात्रिको अवसरमा तयार पारिएको  ‘एक सर्को दुनियाँ’ म्युजिक भिडियो शनिबार सार्वजनिक गरिएको छ । एक युट्यूब च्यानलबाट सार्वजनिक भएको यस म्युजिक भिडियोमा स्वरसँगसँगै सङ्गीत र रचना पनि पाण्डेकै रहेको छ । बि एस मेकर टिमले निर्माण गरेको म्युजिक भिडियोको निर्देशन सावन शर्माले गरेका हुन् । विकास गुरुङले छायाँङ्कन तथा सम्पादन गरेको यस भिडियोको मिक्सिङ् तथा एरेन्ज अमृत ल्वागुनले गरेका हुन् ।