• २०८१ बैशाख १७ सोमबार

नदीकिनाराका सपना

वंशी श्रेष्ठ

वंशी श्रेष्ठ

इन्द्रावती र सुनकोशी- किनारमा खेल्दै,
किताबहरू ठूलो ढुङ्गामाथि राखेर-
स–साना ढुङ्गाहरू नदीमा फ्याँक्दै गरेका
अनि कागतका नाउहरू पानीमा बगाउँदै
यी स–साना बालबालिकाहरू
के–कस्ता सपना हुर्काइरहेछन् होला ।

तर यसो हेर्दाः
नाङ्गै खुट्टा र अर्धनग्न यी निर्दोषहरू
अहिले आफ्नै परीलोकमा खेल्दै छन् होलास
नक्षत्रयुद्ध–नीति र शान्तिक्षेत्रका कुरा छाडौँस
भरे–भोलि के सिक्ने भनी चिन्ता नभएका यिनलाई
महान् आकाङ्क्षाका कल्पना त
अम्बरजस्तो विशाल,
अनि अवनीजस्तो कल्याणकारी लाग्लान् ।

नदी र जङ्गलका किनारैकिनार त
ध्रुव र बुद्ध पनि हुर्केका थिए,
नदी तथा वनपाखाका किनारवरपर नै त

सन्त ददामी र जिजस हुर्केका थिए,
अशोकको समर्पण–चिह्रन- लुम्बिनी,
अलेकज्यान्डरको समर्पण–चिह्रन- ददामीस
तर मानिसहरू इतिहास पढ्दा
अशोक र अलेकज्यान्डरका समर्पणहरू बिर्सन्छन्,
हो, यी दुवैलेसमर्पण गरेका थिएस
आ–आफ्ना महत्वाकाङ्क्षाहरू पूर्ति गर्न नसकेर ।
महानताका कल्पनाहरू साकार गर्न नसकेर ।

नदीको त बग्ने धर्म हो- बगिरहन्छ,
त्यसरी नै सूर्य उज्यालो दिइरहन्छ,
अनि पृथ्वी, दिनरात बनाई उर्वरा भइरहन्छिन्
केवल कल्याणका लागि,
उत्सर्ग र समर्पणमा को रित्तिएका छन् र रु
तर घात गर्ने तरबारका अस्तित्व हराउँछन्स
अर्धनग्न यी निर्दोषहरूका सपनालाई आघात गर्दा,
कति स्वतन्त्रताले उल्लासमा खेल्दै छन्।
नदीकिनारामा तथा जङ्गलका कान्लाछेउ
यी स–साना बालबालिकाहरू ।

यसरी नै सुदिमा गावा र तेम्जकिनारमा
मेरा पाइलाहरू पर्दा-
त्यहाँ पनि खेलिरहेको देखेँस्
यस्तै स–साना बालबालिकाहरू
आ–आफ्ना सपनाका चित्रहरू बुनेर ।

हामी त हुर्किसकेका छौँ-
तर पनि हामीले बाटो बिराएका पनि हुन सक्छौ“स
केही दर्शन राम्ररी बनाएका पनि हुन सक्छौ“स
तसर्थ नदीमा स–साना ढुङ्गाहरू फ्याँक्दै खेल्नेहरू,
अनि कागतका नाउहरू पानीमा बगाउँदै खेल्नेहरूका-
सपना र मुस्कानहरूलाई फक्रन दिऊँ।
हामीले पनि त खेलेका थियौँ, यसरी नै-
नदीकिनार र जङ्गलका कान्लाहरूमा ।


वंशी श्रेष्ठ