• २०८१ फागुन ६ मङ्गलबार

समाज परिर्वतनमा स्रष्टाको भूमिका

काठमाडौँ, १५ फागुन

जुनु खड्कालिखित कवितासङ्ग्रह ‘समयको कठघरा’ शनिबार सार्वजनिक गरिएको छ । शुक्लागण्डकी नगरपालिका- १० ढोरमूलकोट दरबारको फेदीमा आयोजित कार्यक्रममा कवि भूपिन खड्काले कवितासङ्ग्रहको लोकार्पण गर्दै समाज बदल्नमा कवि- लेखकहरूको ठूलो भूमिका रहन्छ र समाज बनाउनलाई सांस्कृतिक विम्बको आवश्यकता पर्ने बताए । कविहरूले राज्यको प्रतिपक्षीय चेतनालाई विस्तार गर्नुपर्नेमा जोड दिँदै सङ्ग्रहकी स्रष्टाखड्काले राज्यले साहित्यलाई अनुत्पादक क्षेत्र भन्दै लगानी गर्न नचाहेको उल्लेख गर्दै भनिन्- ‘कविहरूले सत्ताको गीत गाउन जुन दिनदेखि सुरु गर्छन् र कविले गर्ने भनेको प्रश्न हो ।’