• २०८२ बैशाख १४ आइतबार

‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन

काठमाडौँ / १४, चैत २०७८

२०७८ फागुन १३ देखि नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन भैरहेछ । जसलाई सुदर्शन थापा र पूजा शर्माले निर्माण गरेका हुन् । उक्त चलचित्र देशभरका सिनेमाहलमा रिलिज गरिएको हो । कोरोना भाइरसको तेस्रो लहरपछि पहिलोपटक नयाँ चलचित्र सिनेमाहलमा लागेको हो ।

चलचित्रमा पल शाह र पूजा शर्माको मुख्यभूमिका रहेको छ । सांगीतिक कथावस्तुमा आधारित ‘म यस्तो गीत गाउँछु २’ सिक्वेल चलचित्र हो । यसअघि ‘म यस्तो गीत गाउँछु’ चलचित्र पनि सफल भएको थियो । पल शाह र पूजा शर्माको अभिनयलाई सबैले मन पराएका थिए ।