• २०८१ पौष २८ आइतबार

वरिष्ठ लोक गायक जयनन्द लामाको निधन

काठमाडौँ  ११ पुस २०७८

वरिष्ठ लोक गायक तथा अभिनेता जयनन्द लामाको आज निधन भएको छ । उनको भक्तपुरस्थित कौशलटारमा मङ्गलबार राती निधन भएको हो ।

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका- २ धार्पाका लामाले दर्जनौँ लोकप्रिय लोकगीत सङ्कलन गरेका तथा गाएका छन् । उनको स्वरमा ‘कलकते काइँयो’, ‘चुइँचुइँ चुइँकिने जुत्ता’, ‘चोयाको डोको’ लगायत पाँच दर्जनभन्दा बढी लोकगीत रहेका छन् । ललितकला क्याम्पसबाट शास्त्रीय सङ्गीतमा स्नातक तथा इलाहावादबाट स्नातकोत्तर गरेका थिए । दर्जनौँ नेपाली चलचित्रमा अभिनय गरेका स्व. लामा ६५ वर्षका थिए । उनका श्रमिती र दुई छोरा छन् ।