• २०८१ माघ १० बिहीबार

‘भोजपुरको वाङ्मय’ ग्रन्थ प्रकाशन भएको छ

काठमाडौँ, ८ फागुन २०७८

७ फागुन २०७८ का दिन डा. विप्लव ढकालद्वारा लिखित ‘भोजपुरको वाङ्मय: विमर्श तथा अभिलेखीकरण’ को एक कार्यक्रम बीच विभिन्न साहित्यकारहरूले सामूहिकरूप विमोचन गरेका छन् ।

पुस्तकमा भोजपुरको परिचय, भोजपुरको लोकवाङ्मय, भोजपुरको अभिलेख वाङ्मय, भोजपुरका पत्रपत्रिकाहरू, भोजपुरको वाङ्मय विविध, भोजपुरका वाङ्मयकर्मीहरू, भोजपुरका मातृभाषाका वाङ्मयकर्मीहरू आदि विषयको परिचय र वर्णन उल्लेख गरिएको छ ।

विमोचन कार्यक्रममा पूर्व मन्त्रीहरू शंकर कोइराला, टङ्क ढकाल, शेरधन राई, कृपासुर शेर्पा, प्रा. डा. नृशिम खत्री, उमेशजङ्ग रायमाझी, राष्ट्रियसभा सदस्य जयन्ती राई, नारायणबहादुर कार्की, तोरण कार्कीलगायत काठमाडौँ निवासी भोजपुरे टिमको जमघट रहेको थियो ।