• २०८१ असोज २८ सोमबार

रातो गुलाफ

रश्मि रिमाल

रश्मि रिमाल

वसन्तको आगमनमा
रातागुलाफहरू
उडेका पन्छीहरू जस्तै
नाची,नाची कुदिरहेका छन्
धर्तीभरि
बीचबाटोमै बिलाए सरि
बेमौसमी फूलेर
झरेका मनहरू
मुटुभित्र उकुसमुकुस
भएर
सपनाको भेलसगै
बगिरहेका छन् ।

त्यो रातो गुलाफ
जस्तै मुस्काउदै
ताराभित्रफूल ?
आँखाको सागरमा
सपनाको भेलसँगै
लाटोकोसेरो सरि भएर
काल्पनिक उडान भरे होलान्
बादलको सामर्थ्य बिस्तारसँगै
नयाँखोज र अनुसन्धानको दुःखद,
सत्यताको अमूर्त परिधिभित्र
हाँसो र घृणाको विषयवस्तुसंग
रातो गुलाफ भएर
फूलिरहन्छ.!!!!


रश्मि रिमाल
[email protected]