आँखाबाट पानी हैन मन बगेको हो
वचनका तिखा बाणले मुटु घोचेको हो ।
तिमी मेरो मात्र भन्ने आशा सङ्गालेर
संसार जित्न हिडेको थेँ माया अङ्गालेर
विश्वासघातको हुरी चल्दा आशादीप निभेको हो
जसलाई दिल दिएको थे उसले खुसी खोसेको हो ।
सपना सजाएथें दुःखको पहाड छिचोलेर
लुटी लग्यौ बिपना नै मन मुटु निचोरेर
आघातको अगेनोमा सारा खुसी पोलेको हो
मनको पीडा आँशु बनी आँखाले बोलेको हो ।
शोभा पोखरेल, गठ्ठाघर, भक्तपुर
[email protected]