• २०८१ बैशाख ८ शनिवार

‘प्यारो नेपाल’ खण्डकाव्य विमोचन

साहित्यकार रेणुका पन्थीको ‘प्यारो नेपाल’ खण्डकाव्य विमोचन भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ डा. देवी नेपाल, समालोचक प्रा.डा. रामप्रसाद ज्ञवाली र वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा. भागवत ढकालले उक्त खण्डकाव्यको संयुक्तरूपमा शनिबार विमोचन गरेका हुन् ।

डा. नेपालले सो कृतिले देशका सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक सबै खाले विषयभित्र देखिने आशा निराशा, उतारचढाव, आलस्य-उत्साहआदि सबै प्रतिको कवि दृष्टिले यो काव्य भावनात्मक मात्र नभई स्पष्ट वैचारिक दृष्टिकोण प्रस्तुत गरेको बताए ।

डा. ज्ञवालीले देश निर्माणका लागि चेतना निर्माणमा कृति महत्त्वपूर्ण हुने बताए । गुल्मीमा रहेर शिक्षण पेसा र समाज सेवामा संलग्न पन्थीले गीत, कथा र निबन्धमा पनि कलम चलाएकी छन् ।