• २०८१ भाद्र २५ मङ्गलबार

परिवर्तन

सरस्वती शर्मा छेत्री

सरस्वती शर्मा छेत्री

छिमेकीको छोरा आफ्नै अफिसमा अस्थायी भए पनि हाकिम भएर आएकोमा रत्ना खुशी छे, हाकिम रत्नालाई आन्टी भनि सम्बोधन गर्छ ।
पहिलेको हाकिम भन्दा ऊ ज्ञानी अनि मेहनती छ । केही गर्छु केही सिक्छु भन्ने युवा जोश उसमा भरपूर छ ।
शब्दमा मिठास छ सबैसंग तपाई हजुर भनेर बोल्ने गर्छ केही दिनमै सबैको प्यारो भएको छ ।
सानै भएपनि हाकिम हो सबै कर्मचारीले इज्जत गरेर सर भनि सम्बोधन गर्छन् । तर रत्नाले भने आफ्नो घरको छेउको नानी जन्मेको देखि देखेको हुनाले कमल भनेर सम्बोधन गर्छे ।
समय अधि बड्दै गयो हाकिमको मेहनतले रंग ल्यायो उसको स्थायीको कागज आयो, सबै खुशी भए ।
स्थायी भए पछि भने अचानक उसको वर्तावमा परिवर्तन आयो, मृदुभाषी हाकिमको थियो तर बिस्तारै उसको बोलीमा रूखोपन देखिन थाल्यो । अफिसमा सबैले उसमा आएको परिवर्तन अनुभव गर्न थाले ।
बडा, काका, मामा, आन्टी भन्ने उसको साइनोमा अचानक नामले स्थान पायो ।
धेरै पल्ट रत्नालाई पनि नामले नै बोलाएको जस्तो लाग्यो उसलाई, तर उसले राम्रो संगले उसको शव्दलाई निधो गरेकी थिइन ।
एकदिन चम्पा आएर तपाईलाई आन्टी सरले बोलाउनु हुँदैछ भनेर गई ।
दैलो भित्र के पस्न आटेकी थिइ, रत्ना मैले कहीले देखि बोलाको तपाईलाई, यो लेटर लगेर अहिले नै कम्प्यूटर मा टाइप गरि हाल्नु ढिलो नहोस फेरि । तपाईहरू अफिसमा काम गर्न आउनु हुन्छ कि गफ जोत्न । यहीपारा हो भने तपाईहरूलाई म ससपेंड गर्न पनि सक्छु सर अरू के के भन्दै थियो रत्ना फाइल बोकी छक्क परि सरलाई हेरेको हेरेको भई ।


सरस्वती शर्मा छेत्री, दार्जिलीङ
[email protected]