समाचार

तिम्रा आँखा भिजाउन, मुगलानी भा’को होइन
तिम्रो मनमा बिझाउन, मुगलानी भा’को होइन !
आफ्नो व्यथा आफैसँग, गरिसाध्य कहाँ छ र ?
शत्रु- बैरी रिझाउन, मुगलानी भा’को होइन !
भोकानाङ्गा लालाबाला, पर्व आउँदा खेरि
छिमेकीले गिज्याउन, मुगलानी भा’को होइन !
गाउँको माया लत्याउँदै, सहरतिर बसाइँ सार्ने
खराब हल्ला फिँजाउन, मुगलानी भा’को होइन !
बैँस, उमेर खेर गयो, फर्की आउँछु भन्दाभन्दै
पूरै जीवन सिध्याउन, मुगलानी भा’को होइन !
(गुल्मी निवासी गिरी हाल जापानमाकार्यरत छन् । उनी गजल, मुक्तक, हाइकु, लघुकथा आदि विधामा कमल चलाउँदै आएका स्रष्टा हुन्)
[email protected]