• २०८० जेठ १७ बुधबार

डा. अशोक थापाको ‘सन्तापको धून’ कथासंग्रह विमोचन

कठमाडौँ ।

कथाकार डा. अशोक थापाको कथासंग्रह ‘सन्तापको धून’ नेपाल प्रज्ञा प्रतिष्ठानमा एक विशेष समारोह बीच लोकार्पण भएको छ ।
प्रमुख अतिथि तथा अतिथिहरू प्रा. डा. गोविन्दराज भट्टराई, प्रा. डा. खगेन्द्र लुईंटेल, डा. ज्ञानु पाण्डे, डा. नेत्र एटम तथा स्रष्टाद्वारा सामूहिक रुपमा लोकार्पण गरिएको थियो ।

डा. ज्ञानु पाण्डे र डा. नेत्र एटमले कृतिमाथि आ–आफ्नो समीक्षात्मक धारणा राख्नु भएको थियो । डा. पाण्डेले धून धेरै किसिमका हुन्छन् । धूनहरूमा हामीले आनन्द लिन सक्नु पर्छ । हरेक किसिमका धूनहरूले जीवनलाई घेरेको छ । सन्तापको धूनप्रतीकारात्मक पुस्तक रहेको र निकै पठनीय पुस्तक भएको बताउनु भयो । साथै कथा भित्रका पङ्क्तिहरू हृदय छुने किसिमका रहेको उहाँले जिकिर गर्नुभयो ।

यस्तै डा. नेत्र एटमले दुःखमा अन्त्य भएका कुराहरूले धेरै पछिसम्म छोइरहन्छ भने सुखमा अन्त्य भएका कुराहरू बिस्तारै हराउँछन् । कथाभित्र सन्त्रास तथा सन्तापको धून छ । कथा सङ्ग्रह निकै मर्मस्पर्शी, यथार्थवादी रहेको बताउनु भयो । कथाको शिल्पकलात्मक रहेको छन् । सैद्धान्तिक स्वरुप अनुसार कथामा लोक वैचारिकता र निबन्धको संयोजन रहेको हुन्छ । डा. थापाका कथामा सामाजिक यथार्थता रहेको उहाँले बताउनु भयो ।