• २०८१ श्रावाण ११ शुक्रबार

शोभा खतिवडा ‘शुभाका’ चार मुक्तकहरू

शोभा खतिवडा

शोभा खतिवडा

रजको सुवासित अनि सुन्दर नेति एक बनाऊँ
गजोको सुमधुर र धुरन्धर खेती समेत लगाऊँ
चन्द्रको मोहकपना घामका किरणहरूमा उनेर
ध्वजो उच्च स्वाभिमानले म हृदय भरी सजाऊँ ।

जीवनको चौतारीमा घामको उज्यालो छाओस्
उमङ्ग अनि जोश र जाँगर सँधै मनमा आओस्
मनका कल्मष पोको पारेर नदीमा नै बगाइदिने,
तन, मनमा सत्कर्मको हिम्मत र आँट पलाओस् ।

आज यो मनमा झंकार बजाएँ तिम्रै नामको
साँझ यो तनमा अलङ्कार सजाए तिम्रै नामको
लगाएँ अलंकार औषधि हो मायाँ सुख दुःखको
आज यो जीवनमा संस्कार बसाएँ तिम्रै नामको ।

जीवन हो यो चैनको बाँसुरी बजाउन पाए पो राम्रो
कर्म गर्दागर्दै मैनको शिखासरी सजाउन पाए पो राम्रो
मायाले चन्द्र अनि सूर्यलाई छातीमा धपक्क पारेर
हरेक मन रमाउने ऐन बनाएर कजाउन पाए पो राम्रो !


शुभा, काठमाडौँ
[email protected]