• २०८१ असोज २९ मङ्गलबार

लिपिस्टिकको दाग

बाबुरामन्यौपाने “उत्स“

बाबुरामन्यौपाने “उत्स“

देशको राष्ट्रिय सुरक्षा लगाएत केही अति गोप्य संवेदनशील सूचना सार्वजनिक भएकोमा देशभरि सनसनी फैलियो । उक्त समाचारले आम संचार माध्यमका हेडलाईनहरू दिनहुँ सजिन थाले । एकाएक राजनीतिक माहोल तातियो । सत्तारुढ दललाई नसोचेको संकट आइलाग्यो । गोप्य सूचना बाहिरीएकोमा सरकारद्वारा हतार हतार तीन सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन भयो । समितिलाई प्रतिवेदन पेशगर्न दुईहप्ताको समयावधि तोकियो ।

छानवीन कार्य सुरू भयो । समितिले तोकिएको समयमै आफ्नू प्रतिवेदन पेश गर्यो । सूचना चुहाउनेको नाम सुनेर राष्ट्रप्रमुखको मनमा आँधी उठ्यो ।ओठमुख सुक्यो ।
सरकारले छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक नगर्न कडा निर्देशन जारी गर्यो ।
देशको अत्यन्त गोप्य सूचना चुहावटमा शहरकी एक अनुपम सुन्दरी वेश्याको नाम जोडिएको थियो ।
ती वेश्याले एकान्त पलमा राष्ट्राध्यक्षको सर्टमा लगाएको लिपिस्टिकको दागमा गोप्य सूचनाको राज छुपेको थियो ।


बाबुरामन्यौपाने “उत्स“, दमक, झापा
[email protected]