• २०८१ असार १२ मङ्गलबार

चक्र

रेहित सैजु

रेहित सैजु

हो
मैले
बिर्सेको
छैन कतै ।
मलाई लाग्छ
धरातल भुल्नु
उफ्रिएर लड्नु हो ।
पहिले हाम्रो भान्सामा
खाना हैन अभाव पाक्थ्यो
तेलको सट्टामा आँसु हुन्थ्यो
र पनि दुःखी थिइनँ म
मान्छेको चोला फर्कन्छ
मलाई थाहा थियो
सबै अनुभूत
गर्न पाउँछु
अनि भन्थेँ,
संसार
चक्र
हो ।


रेहित सैजु
रामेछाप, नेपाल
[email protected]