समाचार
चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझी लामो समयपछि नयाँ गीतमार्फत पुनः श्रोता–दर्शकमाझ आएकी छन् । उनले आफ्नो स्वरमा रहेको नयाँ गीत ‘झोर्ले हजुर’ सार्वजनिक गर्दै श्रोतामाझ आएकी हुन् । विगतमा आफ्नै ‘सपना म्युजिक इन्डस्ट्रि’ मार्फत तीज तथा दशैं विशेषका गीत र एल्बम सार्वजनिक गर्दै आएकी माझीले यसपटक आफ्नो कम्पनीबाहिरको गीतमा स्वर दिदैँ नयाँ सांगीतिक यात्रा गरेकी छिन् ।
‘झोर्ले हजुर’ गीतमा विष्णु माझीसँगै गायक बाबुकृष्ण परियारको स्वर रहेको छ । गीतका शब्द रमेश बिजीले लेखेका हुन् भने संगीत बाबुकृष्ण परियार स्वयंले तयार पारेका छन् । गीतको भिडियो मौसम हिमालीको कोरियोग्राफी तथा निर्देशनमा निर्माण गरिएको हो। भिडियोमा बुद्ध थापाको छायांकन र अमृत चापागाईं को सम्पादन रहेको छ । गायिका माझीले विशेषगरी तीजमा गीतहरु बजारमा ल्याउने गरेपनि यसपटक तीज आउनु अगाडि तीज विशेषभन्दा फरक विधाको गीतमार्फत सांगीतिक बजारमा आएकी हुन् ।
