• २०८१ फागुन ३ शनिवार

अभ्यन्तरमा

बसन्त चौधरी

बसन्त चौधरी

खोजिरहेथेँ  जसलाई
दूरदर्शी भएर
सुनसान जङ्गल
नदी र पहाडहरूमा
तथापि
खालीखाली नै रह्यो हात
शून्यशून्य नै रह्यो हृदय

यद्यपि
ऊ बसेको रहेछ मभित्र
म रहेछु अनभिज्ञ ऊसँग
धन्य छ ! त्यो महाज्ञानीलाई
जसले देखाएन मात्र
भेट्टाइ नै दियो
अभ्यन्तरमा
मभित्र लुकेर बसेको मलाई !!

साभार: तिमीविनाको म (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)