टुक्रिनु शरीरको
भाँचिनु वृक्ष (रूख)को
या फेरि घर भत्किनु
साच्चै नै धेरै अर्थ राख्छ ।
तर
टुक्रिनु सपनाको
भाँचिनु विश्वासको
र त्यो भन्दापनि पिडादायी हुन्छ
भत्किनु कुनै मान्छेको ।
मनवताको अतितको
सबैभन्दा दर्दनाक पृष्ठ हो
कसैका लागि
उदासीको एकमात्र कारण बन्नु ।
र यहीँबाट जन्म हुन्छ
मेरो सबैभन्दा उदास कविताको ।
अनुवाद: राजेन्द्र शलभ