• २०८१ माघ २ बुधबार

के गर्नु बेकार चुरी र फुरी

डा. मुकुन्द पथिक

डा. मुकुन्द पथिक

के गर्नु बेकार चुरी र फुरी, मपाईं बनेर
संपत्ति, शक्ति, जग्गा र घर, मेरै हो भनेर ।

अर्कैको थियो हिजो र अस्ति, भोलि त अर्कैको
घमण्ड किन जिन्दगी अमर,  हुँदैन कसैको
पैसाको ओछ्यान लगाएपनि, निद्रा नै पर्दैन
बढ्दैछ संकट सेवाको विश्वास, कसैले गर्दैन ।

मर्दछ आज दुई दिन भोलि, लैजानु के छ र !
मरेको बेला मसँगै जान्छु, भन्नेपो को छ र !
चितामा जल्दा हुँदैन गोजी, रित्तो नै जानु छ
जिन्दगी भरि गरेको काम, कीर्ति नै लानु छ ।

के गर्नु बेकार चुरी र फुरी, मपाईं बनेर
संपत्ति, शक्ति, जग्गा र घर, मेरै हो भनेर ।


डा. मुकुन्द पथिक
[email protected]