On the turning of life
शरद ऋतु
तिमी पर्वरूमा आउँछौ
अभाव र पिडाले अध्यारिएक़ा मनहरू
उज्यालो पार्छौ
तिम्रो प्रकाश पुन्जहरू मनमा बालेर
तिम्रो स्वागतमा पर्खिरहेको छु
आज फेरी दिपावली
तिम्रो उज्यालोले प्रदिप्त भएर
उठ्नलाई भोलीको सुनौलो बिहानी
उज्यालोको पर्व
तिमीसंग देख्नु छ
मखमली र सयपत्री फुलहरूको वर्षा
आत्मियता र मिलनको अनमोल क्षण
दाजुभाइ दिदीबहिनीहरू निहित उर्जा र हर्ष
बुझ्नु छ रंगहरूमा पोखिएर
एकताको सुन्दरता र शक्तिको महत्व
देउसी र भैलोमा आउने तिमी अद्भुत रित
तिमीसंग सिक्नु छ संम्बन्धको मिठास
समाजमा
अझै निहित अध्यारो हटाउन आउने तिहार
सबै मन मनमा तिमीलाई स्वागत छ
अध्याराहरू विरूद्व दीपहरूले प्रकाश छरेर
चम्किला मार्ग
प्रतिस्थापन गर्न सक्ने
सामर्थ्य बोकेर आउने तिमी
बत्तीहरूको झिलीमिलीमा आनन्द भएर आइरहने
शारदीय पर्व तिमीलाई हार्दिक आभार
मंगलमय शुभकामना लिएर आइ
मनहरू खुशीले भरिदिने तिहार
तिमीलाई मनभरिको प्यार।।
सुमन घिमिरे “वर्षा”
[email protected]