दुईपलको जीवनमा
रमाउने गरौँ
बालापन, युवा, वृद्धा
सबै अवस्थामा रमाउने गरौँ ।
आज छ, भोली छ छैन
कसलाई छ थाह यहाँ
आऊ हृदय खोली
सबै अवस्थामा रमाउने गरौँ ।
हिजो जे भयो
त्यो गयो
भोली के हुन्छ ?
छोड़ौ त्यसलाई सोच्न
आऊ आजमा रमाऔँ ।
जीवनलाई गाउँदै
गुनगुनाउँदै बिताउँ
बिताउँ यो पललाई
स्मरणीय रहने गरी
कोही रिसाए उसलाई फकाउँ
मिठो मिठो बोलौँ
नौलौ नौलो रिस्ता बनाउँ
के लिएर आएथ्यौँ र
के लिएर जानेछौँ । ११
रित्तो हात आएथ्यौँ
रित्तो नै जानेछौँ
संसारमा आफ्नो कर्म
मात्र छोड़ेर जाने छौँ
त्यसैले आऊ दुई पलको जीवनमा
सबै परिस्थितिमा रमाउने गरौँ ।
नीता गुरूंग भाटिया, गुवाहाटी, असम भारत ।
[email protected]