गाड़ी हिड्ने तरखर गर्दैथियो ।
मेरो छेउमा एउटा सीट खाली थियो । हतार हतार भरखरकी केटी आफ्नो सात आठ वर्षको छोरीलाई लिएर मेरो छेउको खाली सिटमा बसी । गाड़ी गुड्न थाल्यो ।
राम्रो नियाल्दै उसले मलाई भनि तपाई कहाँ सम्म ?
जाने त दार्जीलिंग नै हो तर त्यहाँबाट पनि केही टाडा नै हो जाने ।
कहा नेर ? उसको जिज्ञासा ।
बस्ती झर्नु पर्छ.. उत्तर मेरो ।
यसो भन्ने बितिकै अलिकति पर सरी ऊ । म दार्जीलिंग मै बस्छु सिहबारी । शायद चिन्नु हुँदैन होला तपाई बस्तीमा बस्नु हुँदोरैछ नि त । त्यहाँ मेरो आफ्नै घर छ तीनतल्ले, म सबैभन्दा माथिल्लो तल्लामा बस्छु अरू सबै किराईमा दिएको छु, । मेरो श्रीमान फौजमा छन् राम्रै पोस्टमा ।
घरकै गाड़ी लिएर आउनु भनेको थिएँ नि डाइभरले नभ्याउने भयो र भाडाको गाड़ीमा चड्नु पर्यो ।
अगाडि सिटमा बसेकाहरू घरिघरि पछि फर्केर उसलाई हेर्दै थिए उसलाई पर्वाह छैन ।
एकछिन चुपो लागेको थिइ फेरि बोल्न थाली, मेरो छोरी पनि दार्जीलिंग को नामी स्कूल पड़्छे नि लरेटो कनभेन्समा ।
मेरो नानीतिर फर्किदै तिमी कुन स्कूल पड्छौ नानी ? उसले सोधी ।
इन्टरनेशनल स्कूल, मेरो छोरी ले जवाफदिइ ।
यो स्कूल चै कहाँ छ फेरि ? उसले भनि ।
आन्टी यो स्कूल यहाँ छैन आबुदाबीमा छ । अहिले स्कूल छुट्टी भएर हजुरमुमा र हजुर बुवालाइ भेट्न आएको, मेरो आमा र बुबाले त्यही पढाउनु हुन्छ ।
त्यो केटी रातो भई केहि बोलिन ।
त्यसपछि भने गाड़ीमा मौनता छायो । गाड़ी आफ्नो गतिमा गुडिरह्यो ।यात्रुहरू आ-आफ्नो गन्तव्यमा उत्रिँदै गए । हामी पनि उत्रिने बेला भएको थियो गाडी ले स्टाण्डमा रोक्दै उत्रिने आग्रह गर्यो । सामान धेरै भएकोले सासु आमाले घरकै गाड़ी पठाइदिनु भएको थियो । गाड़ी भित्रबाट नै देख्यौ डाइभर भाइ हामीलाई पर्खिरहेका रहेछन् ।
गाड़ीबाट सबै रहेका यात्रुहरू उत्रियौ नानीसंग त्यो केटी पनि उत्री । डाइभरलाई हतार हतार भाडा दिइ हामीलाई हेर्दा पनि नहेरी बजारको भीडमा हराई मेरो श्रीमान म तिर फर्केर मुसुक्क मुस्कुराउदै गाड़ीबाट सामान निकाल्न थाले ।
सरस्वती शर्मा छेत्री, दार्जीलिंग
[email protected]