• २०८१ श्रावाण ११ शुक्रबार

गीत

डम्बर बिकेल

डम्बर बिकेल

फूलको कति वर्णन गरूँ, जूनको कति वर्णन गरूँ
अघि बढी एक कदम, अब म तिम्रै वर्णन गरूँ

सबैभन्दा राम्रो फूल भन्थेँ  उसैगरि राम्रो जून भन्थेँ
बिछट्टै राम्री रैछौ तिमी, नबुझेरै अरू सुन भन्थेँ
परीको कति वर्णन गरूँ, चरीको कति वर्णन गरूँ
अघि बढी एक कदम, अब म तिम्रै वर्णन गरूँ

सबैभन्दा राम्रो हिरा ठान्थेँ  उसैगरि राम्रो मोती ठान्थेँ
बिछट्टै राम्री रैछौ तिमी, नबुझेरै अरू ज्योति ठान्थेँ
स्वर्गको कति वर्णन गरूँ, स्वर्णको कति वर्णन गरूँ
अघि बढी एक कदम, अब म तिम्रै वर्णन गरूँ


डम्बर बिकेल
[email protected]