समाचार

तिम्रो मन ब्याड बनाई, प्रीतपूञ्ज छोपिसकें ।
अविश्वास उखेलेर श्रद्धाको फूल रोपिसकें ।।
पिरतीको मनसुन आयो, बैंस आली लाउँदैछु
हृदयको कान्ला माथि, प्रेमगाथा गाउँदैछु ।।
तिम्रो नजरको डिलमा, प्रीत मुना पलाएको
बदनको ड्याङ्गभरी, लाली जोवन फुलाएको ।
आँखाभरी आशा बोकी, मनमन्दिर धाउँदैछु
हृदयको कान्ला माथि, प्रेमगाथा गाउँदैछु ।।
तिम्रो मन ब्याड बनाइ, प्रीतपूञ्ज छोपिसकें ।
अविश्वास उखेलेर श्रद्धाको फूल रोपिसकें ।।
गोडी दिन्छु चाहाना त्यो, छातिभित्र पलाएको
भरोसाको आँगनमा, आस्था सुमन चढाएको
ढुकढुकीमा माया फुक्दै, सपनीमा आउँदैछु
हृदयको कान्ला माथि, प्रेमगाथा गाउँदैछु ।।
तिम्रो मन ब्याड बनाइ प्रीत पूञ्ज छोपिसकें ।
अविश्वास उखेलेर श्रद्धाको फूल रोपिसकें ।।
पिरतीको मनसुन आयो बैंस आली लाउंदैछु
हृदयको कान्ला माथि प्रेमगाथा गाउँदैछु ।।
ध्रुबप्रसाद घिमिरे ‘दीप’
सु. न. पा.- १, भक्तपुर ।