• २०८१ असार २८ बिहीबार

कादम्बिनीको सिन्कापाउँरु तमू वर्ष पुस्तक घोषित

चर्चित कवि तथा गीतकार शीतल कादम्बिनी तमु वर्ष पुस्तक पुरस्कारबाट सम्मानित हुनु हुने भएको छ । तमू ह्युल प्राज्ञिक समितिको बैठकले तो ल्होँ (बाघ वर्ष) भरि प्रकाशित तम स्रष्टाका १७३ पुस्तक मध्येबाट कादम्बिनीको ‘सिन्कापाउँरु’लाई पुरस्कृत गरिएको हो ।

कादम्बिनीको यो उपन्यासलाई पुरस्कृत गरिएको हो । गुरूङ समुदायभित्र अध्ययन तथा लेखन संस्कृतिमा अभिवृद्धि गर्ने उद्देश्यले सन् २०२० देखि यो पुरस्कार प्रदान गर्न थालिएको हो । तमू ल्होसारका दिन पुस १५ गते शुक्रबार यो पुरस्कार साहित्यकार शीतल कादम्बिनीलाई अर्पण गरिने तमू ह्युल प्राज्ञिक समितिद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।