आउन त-
हरेक साल दसैं आउँछ !
तर-
सदा झैं शून्यता बोकेर आउँछ
विरक्तिको विरानो धून बोकेर आउँछ !
हुस्सु- तुवाँलो- तुषारो लिएर आउँछ
विरह- विष्मात- उदासी लिएर आउँछ !
युगभरिको वेदना लिएर आउँछ
अनन्त यातना लिएर आउँछ !
आउन त-
हरेक साल दसैं आउँछ !
जब-जब आउँछ-
बेपत्ता छोराको सम्झना लिएर आउँछ !
मौन आवाज
shyam balami [email protected]