• २०८१ श्रावाण ११ शुक्रबार

दशैंको सम्झनामा

अमित संग्रौला

अमित संग्रौला

मेरी प्रकृति पनि
कति सुन्दर देखिएकी छन्
कतै धानका बाला झुलेका छन्
कतै मखमली र सयपत्री
फुल्न लागेका छन्
कस्तो राम्रो वातावरण
कस्तो स्वास्थ र निर्मल हावा
मान्छेहरू कति खुसी देखिएका

सबैको मनमा उत्साह र
उमंग छाएको छ यो बेला
सद्भाव र आत्मीयताको यो पर्वमा
म यतिखेर
घरको बरन्डामा बसेर
दशैको सम्झना गरिरहेको छु

मलाई पनि दशै आउथ्यौ
जब हामी साना साना थियौँ
मम्मीको हात समाउँदै
मामाघर पुग्ने गथ्र्यौ
आहा ! क्या मनमोहक पल
क्या जिन्दगी थियो
त्यो बालापनको समय
तर आज भोलि
हिजोको दशैँ र आजको दशैँमा
फरक फरक आएको छ
मेलमिलाप, सद्भाव र आत्मीयता
जोड्ने पर्व भएता पनि
हृदयभित्र भावना र करुणाको
भाव हटदै गएको देखिन्छ मान्छेहरुमा

हरेक वर्ष चाडपर्व आउँछ र जान्छ
कसैलाई खुसी बनाएर जान्छ
कसैलाई अझै पिडा थपेर जान्छ
आज आफ्नै घरको बरन्डामा बसेर
सबै मानव जातिको लागी
सुख शान्ति र समृद्धिको कामना गर्दै
दशैको सम्झना गरिरहेको छु ।


अमित संग्रौला, बिर्तामोड , झापा
[email protected]