• २०८० मंसिर १९ मङ्गलबार

नेपाल

युगकवि सिद्धिचरण श्रेष्ठ

युगकवि सिद्धिचरण श्रेष्ठ

नेपाल प्यारो र पवित्र देश
सौन्दर्य धारा बहने अशेष
सङ्गीतको मूल फुटी विशाल
छल्किरहे झैँ लयवद्ध छाल ।

पाना खुला पर्वत पत्रपत्र
छन् वर्णझैँ वृक्ष लता विचित्र
खोला, चराको ध्वनि गुह्यमन्त्र
नेपाल सिङ्गै बुहुमूल्य तन्त्र ।

नयाँ नयाँ जीत अनेक जोड्दै
यो देशको इज्जतमा नथप्दै
ज्यामी, सिपाही र किसान सारा
छन् आज हाम्रा बलिया सहारा ।

यो देशको सिर्जनाको निमित्त
पुर्खाहरूको पसिना र रक्त
हाम्रो बहेको छ नशानशामा
डोर्याउदै स्वर्ग छुने दिशामा ।

विपत्ति पर्दा पनि हाँसि हाँसी
तयार भै चढ्न समेत फाँसी
बाँचे बचाए र रमे रमाए
संघर्षले यो मुलुकै जगाए ।

(वि.सं.१९६९ जेठ ९ – २०४९ जेठ २२)