• २०८० जेठ २१ आइतबार

शारदीय पन होस

शुभा

शुभा

यो शारदीय शुभ पलहरुमा
जमरामा फूलको
सुवास छरौँ म !
चारै दिशाबाट
खुशीहरु खोजी
मनको महलमा
थुपारी दिऊँ म

शिर यो झुकाइ आशिर्वाद थापौँ
यो देशको खुशी र
समृद्धि धेरै मागौँ
कुना कन्दरा अनि
अक्करमा बस्ने
नेपालीको सुखको
वरदान मागौँ म !

आकास जस्तो सफा
होस सबैको मन !
कुबेरको अलका पुरीमा जस्तै होस धन
पीडा र कष्टमा नहोस
कहिले यो देश !
असल बनोस सारा
सत्तासिनहरुको मन ।

अनमोल जीवनमा
अपूर्व कार्य गर्ने
शक्तिशाली बनोस्
जीवन अनमोल हो नि !!
सबैलाई उपमामय कर्म जीवनमा दिन सकौँ
अनन्त अमर बन्नलाई सत्कर्म गर्दै बाँचौँ ।

जगत भरमा अग्लो गिरी राज रहेको भूमि
असल कर्म गर्न सकौँ
यस जन्म धरामा अनि
कोही छैन सानो ठूलो कोही गरिव धनी
जसले सत्कर्म गर्छ उ नै
देशको सन्तान हो नि !!!


शुभा
[email protected]