• २०८१ असोज २९ मङ्गलबार

कवि हेमनाथ घिमिरेका तीन पुस्तक लोकार्पण

काठमाडौँ/१३ चैत २०७८

त्रिभुवन विश्वविद्यालय, पद्मकन्या बहुमुखी क्याम्पस पत्रकारिता, संस्कृत र हिन्दी विभागको आयोजनामा डा. हेमनाथ घिमिरेका तीन पुस्तक लोकार्पण भएका छन् । विभागीय प्रमुख ज्ञाननिष्ठ ज्ञवालीको सभापतित्वमा सञ्चालित कार्यक्रममा डा. घिमिरेका छातीभित्र देश दुख्दा, महिना र ऋतु तथा बादलपानी तीन कृति लोकार्पण गरिएको हो । ८३ वर्षकी आमा इन्दिरा ज्ञवाली, लेखक हेमनाथ घिमिरे, सम्पादक ज्ञाननिष्ठ ज्ञवाली, डा. हरिहर खनाल, लेखककी श्रीमती लीलामाया घिमिे लगायतलबाट कृति लोकार्पण गरिएको हो । छातीभित्र देश दुख्दा कवितासङ्ग्रहका कवितामा देशप्रेमको भावना भएको कुरा वक्ता रामबाबु सुवेदीले व्यक्त गरे । गायक सुदर्शन राणाले हेमनाथका गीत गाए । समारोहमा लक्ष्मी घिमिरे, शिवन्या भट्टराई, सात्वना तिमिल्सिनाले कविता वाचन गरे भने डा. शेखरकुमार श्रेष्ठ, प्रकाश लामिछाने, अनुपमा रेग्मी, पूर्व सचिव विजयराज भट्टराई, कवि रामचन्द्र न्यौपानेले लेखकलाई शुभकामना दिएका थिए । लेखक डा. घिमिरेले पुस्तकका सम्पादक ज्ञाननिष्ठ ज्ञवाली, प्रकाशक लीलामाया घिमिरे र उपस्थित सबैलाई धन्यवाद दिँदै साहित्यमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।