• २०८१ फागुन १ बिहीबार

धितो

रुबि सत्याल

रुबि सत्याल

पात्रोको भव्य दशैं
चिसो चुलोको राप नभेटेपछि
निसासिएर हर रात
तप्प
तप्प
मझेरिमा खस्न थालेको छ !
टिका
जमरा
मिठो पकवान पिङ्
सबैको भागमा न परेपछि हो
आधा देश मरुभूमिमा
रगत पसिनाको आहालमा दुब्दैछ !

खै यो कस्तो दशैं ?
दशा लागेझैँ मलिन मुहार देख्छु दशैंको !
बली चेढेका कैयन
आशुका ढिकाहरु आजभोली
महंगो आशिर्बाद थाप्न आउँदैनन् !
पर उडेको चङ्गालाई
कैयन गिद्धहरु लखेट्दै छन् !

जब
सयपत्रिका पत्रहरु मौनतामा डुबेपछि
आगनिको डिलैबाट दसैंले बिदा माग्यो
तब
मैले आफैँलाई धितो राखेर
दशैँ मनाउन छोडेको छु !!


रुबि सत्याल, काठमाडौंँ !
[email protected]