• २०८१ बैशाख ६ बिहीबार

दशैँ मुक्तकहरू

पवन कुमार बुढाथोकी

पवन कुमार बुढाथोकी

दसै त यो बर्ष पनि नजिक नजिकनै आयो
चुन्दाम छैन गोजिमा टाउको खान सम्म नै खायो
नियमित आम्दानी हुनेहरू त धेरै खुसी नै होलान
आम्दानी नहुनेको मनले अब पक्कै दुखः पायो !

चुनाब जित्ने नेताको त चिन्ता केहि यहाँ हुँदैन
दशैँ पेस्कि कुम्लाउनेलाई यस्ता कुराले यहाँ छुँदैन
चोट गरिब लाई पर्यो जो सङ्ग केहि पनि छैन
खर्चगर्न पैसा नभएसी कस्को मन यहाँ रूँदैन !

धान रोप्ने बगर नजिकको खेत लगिहाल्यो
यो बर्षको भेलले विपन्नको भाग्य ठगि हाल्यो
धान नभए पछि चिउरा कु्ट्ने त कुरा नै भएन
मासु चिउरा चपाउने सपना भेलमै बगिहाल्यो !

म्याँम्याँ गर्थे बाख्रा पाठा ती पनि नदीमै गै हाले
खोला नालाको शरण लिने बाढी पीडित भै हाले
एकातिर बाढी पैरो अर्कोतिर कोरोनाको सन्त्रास
हाम्ले पाको छैन राहत टाठाबाठाले मात्रै सै हाले !

दशैँ कसैको दशा नबनेर चोट नपारि कन आऊ
निमुखा बालबच्चाको मन पनि नदुखाई कन जाऊ
सकेसम्म यहाँ कोहि टुहुराको चित पनि नदुखोस् है
मिठो नपाएनि सबैले टिका जमरा नछुटाई कन लाऊ !


पवन कुमार बुढाथोकी
[email protected]