समाचार

काठमाडौँ ।
उपन्यासकार अन्जना पौडेलद्वारा लिखित ‘चरीमाई’ उपन्यास सार्वजनिक गरिएको छ । शताब्दी साहित्य प्रतिष्ठान र इन्डिगो प्रकाशनले आयोजना गरेको कार्यक्रममा प्रा.डा. विन्जु शर्माले उपन्यासको विमोचन गर्नुभयो ।
चेलीबेटी बेचबिखनको सवाललाई समावेश गरिएको उपन्यासलाई इन्डिगो इन्क प्रालिले प्रकाशन गरेको हो । ‘चरीमाई’ का लेखिका पौडेलले आफ्नो उपन्यास बेचिएका हजारौँ दिदिबहिनीहरुको न्यायको लडाइँमा आफैँलाई आहुति दिने सम्पूर्ण चेलीहरूप्रति समर्पण गर्नुभयो ।उपन्यासकार पौडेलले भन्नुभयो, “चरीमाई बेचबिखनमा परेका सीमान्तकृत चेलीहरूको सामूहिक स्वर हो ।” सोही अवसरमा प्राडा शर्माले ‘चरीमाई’ उपन्यास चेलीबेटी बेचबिखनविरुद्धको सशक्त उपन्यास भएको टिप्पणी गर्नुभयो ।
उपन्यासकार पौडेलले यसअघि कथा, कविता, गीत, हाइकु र मुक्तसमेत प्रकाशन गरिसक्नुभएको छ । ‘चरीमाई’ भने उहाँको पहिलो उपन्यास हो ।