रहरका रङ्गिन उमङ्ग बोकेर
संघारमा आईपुगेछन्
फेरी पनि चाडपर्वहरू,
कलेटी परेका ओठहरूमा
सक्दैनन् मुस्कान फीजाऊन ,
कहरको पिडामा
अभाबको कुटुरो बोकेर
आऊछन् झुपडीमा ,
ब्यर्थै, मन बिझाऊन।
पर्वका बहानामा महिनौ अघी देखी
रेस्टुराँका टेबुलमा खोलिने बियरका बोतल
आज पनी खुल्छन् ऊसै गरी
सितनका नाममा अनेकौ व्यञ्जन र परिकार सककग
सभ्रान्तका बैठक कोठामा,
प्रकोपले पनि त गरेकै छ नी पक्षपात,
जुठा प्लेट ऊठाऊने हातहरू ,
रोगभन्दा बढी भोक बुझ्छन्
त्यसैले त खटेकै छन्
सन्तानको लागी चारो जुटाऊन ।
मिठोको परिभाषा त जिब्रोले हैन
भोकले निर्धारण गर्ने रहेछ,
हिजो साहुको छोरोले
नमिठो भनेर हातै नलगाएको
मासु भातमा ,
आज ऊनकी पुतली
दशैं आए जस्तै भयो भन्दै
मख्ख छे पेटको आगो बुझाऊन ।
महानपर्व,
परिवार आफन्त, इश्ट मित्र
जमघट रमाईलो , स्वादीश्ट परिकार
सन्तानको मुहारको खुशी
पतिको चाहाना
बिदाको सदुपयोग
ओठ ओठमा फुलेको हाकक शो,
गलेको शरिर
डङ्ग्रङग लड्यो भान्शा कोठामा
बिर्सेर आफ्नै घाककटी भिजाऊन !
दिन रातको मिहीनेत
घर र अफीश ,
भुलेर दुनियाकक
कर्ममा लिन ,
बर्श भरीको आशा
मुठ्ठी भरी बोनश
अङ्गालो भरीका आवश्यकता,
फेरी पनी आफ्नो रहर
अर्को साललाई सारेर
खै सकेकी छीन् र परिवार रिझाऊन ?????
सककष्कारले सिकायो सम्मान गर
मनको मर्जी मायाँ बाककढ
समाज सोच
परम्पराधान
धर्म–कर्म ,चाड–पर्व
कीनकी तिमी आमा
तिमी छोरी
पत्नि, बुहारी
बहुरूप धान्ने
तिमी सहचारी,
आऊदैन कोही
पहिले तिमी
बन भनी सिकाऊन।
पहिचान गरौ
आफै भित्र हराएको म लाई
आफु खुशी रहेर सिकौ
सबैलाइ खुशी बनाउन।
शोभा पोखरेल, गठ्ठाघर ।
[email protected]