गजल-हिन्दी

कलिलो घामसँगै खुत्रुक्क ओर्लन्थ्यो
र आँगनभरी फिँजिएर रौनक थप्थ्यो
म जस्तै चुल्बुले दशैंले
म सानो छँदाखेरी ।
रातभरी ढिकीमा च्युरा कुट्थ्यो
र घर आँगन भित्ता लिप्थ्यो
म जस्तै चन्चले दशैँले
म सानो छँदाखेरी ।
शहरबाट मग्मग बसाउने नयाँँ लुगा ल्याउँथ्यो
निधारभरी टिका जमरा र
गोजि भरी दक्षिणा अटेसमटेस गर्दै
चौतारी पिच्छेको पिङमा मच्चाउँथ्यो
म जस्तै चकचके दशैँले
म सानो छँदाखेरी ।
हो म जस्तै निर्दोश
म जस्तै अबोध
म जतिकै कलिलो दशैँ
म सङै हुर्किंदै गर्दा
मेरै जस्तो उसको पनी चन्चलता
कतै हराइ गएछ कतै छुटि गएछ ….
व्यवहारले थिच्न थालेपछि
समस्याले च्याप्न थालेपछि
अभाबले पिरोल्न थालेपछि
उमेरसङै जब्बर हुँदोरहेछ चाडपर्ब र रौनक पनि
र त म सङै बुढो भएछ मेरो दशैँ
जो उस्तै उन्मुक्त हाँस्दैन अचेल
जसरी मै सङै खित्खिताउँथ्यो दशैँ
म सानो छंदाखेरी ।।
दीप्स शाह
[email protected]