• २०८१ असार ११ सोमबार

चम्किला ताराहरू

ज्देन्येक वागनेर

ज्देन्येक वागनेर

चम्किला ताराहरू
हेरिरहन्छन् आकाशबाट
तिमी मायाले
सधैँ मुस्कुराई रहेको ।
जूनले दिन्छ तिमीलाई
एउटा सुनौलो हार
कि बाँड्न सकौ तिमी
हरेक मुटुमा प्रित ।

अनुवाद: राजेन्द्र शलभ