• २०८१ माघ २७ आइतबार

‘बोई’ र ‘मफलर’लाई छायाँदेवी चेतनाथ गजल पुरस्कार प्रदान गरिने

छायाँदेवी–चेतनाथ गजल पुरस्कार वर्ष २०७८ बाट वसन्त ओली वसन्तीको ’’बोई’’ र वर्ष २०७९ बाट प्रदीप रोदनका’मफलर’’ गजल संग्रह पुरस्कृत गरिने भएको छ । वसन्तीको ‘बोई’ले छायाँदेवी चेतनाथ गजल पुरस्कार– २०७८ र रोदनको ‘मफलर’ले छायाँदेवी चेतनाथ गजल पुरस्कार– २०७९ प्राप्त गर्ने भएका हुन् ।

लामो समयदेखि नेपाली गजल क्षेत्रमा क्रियाशील, युवा पुस्तामा रुचाइएका दुई गजलकारलाई गजलसङ्ग्रह ‘बोई’ र ‘मफलर’का लागि यो पुरस्कार प्रदान गर्न लागिएको हो ।

साहित्यकार जे सागरले आफ्ना मातापिताको नाममा करिब पाँच वर्षअघि स्थापना गरेको यो पुरस्कार हरेक वर्ष प्रकाशित गजल सङ्ग्रहहरूमध्ये उत्कृष्ट एउटा सङ्ग्रहलाई प्रदान गर्ने गरिएको छ । पुरस्कारको राशी दश हजार रुपैयाँ रहेको छ ।