• २०८३ असार २५, बिहीबार

एलिना चौहान र हिमाल सागरको ’ताकधिन् ताकधिन्’ सार्वजनिक

काठमाडौं ।

गायक हिमाल सागर र एलिना चौहानको आवाजमा ताकधिन् ताकधिन् (मोहोनी लगायौ) बोलको लोक–आधुनिक गीत सार्वजनिक भएको छ। हिमाल र एलिनाले पहिलोपटक गाएको यो युगल गीतको रचना तथा कम्पोज गीतकार नृपेश उप्रेतीले गरेका हुन् ।

प्रेमिल र जनजिब्रोमा झुण्डिने शब्द तथा सांगीतिक मिठासका कारण गीतले स्रोता दर्शकको मन जित्न सक्ने बताउँदै गीतकार उप्रेती भन्छन् ’टिकटक लगायत अन्य सामाजिक सञ्जालमा पनि यो गीत लोकप्रिय बन्न सक्ने छ ।’ रोमान्टिक भावको यस गीतको म्युजिक भिडियो निर्देशन शक्तिप्रज्ज्वल घिमिरेले गरेका हुन् । जसमा चर्चित मोडलहरू स्मारिका ढकाल र प्रभात पल ठकुरीले अभिनय र आकर्षक नृत्य गरेका छन् । राजेश घिमिरेको छायाकन तथा प्रवीण थापाको नृत्य निर्देशन रहेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । नुवाकोटको रमणीय दृश्यहरूलाई भिडियोमा कैद गरिएको छ ।

गीतको म्युजिक भिडियो ’खुशी इन्टरटेन्मेन्ट नेपाल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको यो गजल टिकटक, फेसबुक तथा अडियो डिजिटल प्लाटफर्महरू स्पोटिफाइ, एप्पल म्युजिक, अमेजन म्युजिक, युट्युब म्युजिक आदिमा एकैसाथ उपलब्ध छ ।