काठमाडौं ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संस्मरणसंग्रह ‘आमा, सपना र ताराहरु’ सार्वजनिक गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, उपमहासचिव प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालगायतले पुस्तक लोकार्पण गरेका थिए । पोखरेलका संस्मरणहरुलाई सांग्रिला प्रकाशनले संग्रहका रुपमा बजारमा ल्याएको हो ।